काठमाडौं । जनमत पार्टीका नेता डा. शरदसिंह यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न हरकोहीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । माइतीघर मण्डलमा प्रदर्शनमा सहभागी हुँदै नेता यादवले दोषीलाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।
‘भुटानी शरणार्थी प्रकरणमा जो–जो दोषी छन् सबैलाई कारबाही हुनुपर्छ कोही पनि उम्किनु हुँदैन । यदि यहाँको अदालतले कारबाही गरेन भने जनताको अदालतले कारबाही गर्छ ।’ उनले भने ।
‘अहिले सरकारले जे जति काम गरेको छ, तारिफयोग्य काम हुन्, ‘सरकारले खुट्टा कमाउनु हुँदैन । सरकारलाई पार्टीको सम्पूर्ण साथ र सहयोग रहनेछ । तर सरकारले कसैलाई कारबाही गर्ने र कसैलाई जोगाउने कार्य गर्यो भने जनमत पार्टी सरकारको विरुद्ध पनि आन्दोलनमा जानेछ । ’ उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया