काठमाडौं । मोरङमा एक पुरुषले बिजुलीको प्रसारण लाइनको पोलमा चढेर विरोध जनाएका छन् । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी हाई भोल्टेज प्रसारण लाइनको पोलमा चढेका छन्।
उनले सडकमा निर्माणमा वाल निर्माणको काम गुणस्तरीय नभएको भन्दै प्रसारण लाइनको पोलमा चढेका हुन् ।गुणस्तरहीन काम रोक्न र कारवाही गर्नुपर्ने उनको माग छ । आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने उनले चेतावनी दिएका छन् ।
दिनेशले गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुलाई नबोलाएसम्म आफू तल नझर्ने बताएपछि अध्यक्ष र उपाध्यक्षलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले लोकपथलाई जानकारी दिए ।
उनी बिहान ६ बजे पोलमा चढेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया