काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएकाे ९ सय १६ नमुना परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ सय २९ रहेको छ । पछिल्लो २४ घण्टामा थप ११ हजार १ सय ११ जनाले कोरोनाविरुद्धकाे खोप लगाएका छन् ।
त्यस्तै पछिल्लो समयमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ जना रहेका छन् । साथै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या शुन्य रहेकाे मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया