गण्डकीमा मन्त्रिपरिषद् विस्तार, शपथ ४ बजे हुने

लोकपथ
65
Shares

काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले मन्त्री नियुक्त गरेसँगै ४ बजे शपथ कार्यक्रम राखिएको छ । आज सपथ लिने तीन मन्त्रीको नाम सार्वजनिक भएपनि एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन ।

कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा यस्तै माओवादीबाट रेशबहादुर जुग्जाली मन्त्री बनेका हुन् । अर्को एक जना को मन्त्री बनेका हुन भन्ने सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?