गण्डकी प्रदेशमा लाग्यो मन्त्रीको टुंगो, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

लोकपथ
234
Shares

काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रीको टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको हो ।

संसदीय दलको बिहीबार बसेको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । सरकारले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । यसअघि माओवादी केन्द्रको तर्फबाट शुशिला सिंखडा विनाविभागिय मन्त्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?