एमाले केन्द्रीय कमिटी बैठक : पाँच प्रदेशका रिपोर्ट प्रस्तुत हुने

लोकपथ
84
Shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक अन्तर्गतको दोस्रो दिनको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको हो ।

आजको बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत पाँचवटा प्रदेशका बाँकी रिपोर्ट प्रस्तुत हुनेछन् ।

May be an image of 2 people, people studying and crowd

जसमध्ये गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गर्दैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?