पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन रवि लामिछानेको आह्वान

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको बताएका छन् । शुक्रबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

उनले वैशाख ३० गते राजधानीमा आयोजित भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

राम्रो काम जसले गरेपनि सघाउनु पर्ने धारणा राख्दै रविले देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुन उनले आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो।त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु।राम्रो काम जसले गरेपनि सघाउनु पर्छ।देश भर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला।भ्रष्टाचार विरुद्ध एक हौं। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौं।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?