सात दिनभित्र लेखा परीक्षण सार्वजनिक गर्न ८२ राजनीतिक दललाई आयोगको निर्देशन

लोकपथ
70
Shares

काठमाडौं । निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८र०७९को लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

बिहीबार आयोगले एक विज्ञप्ति जारी गर्दै सात दिनभित्र लेखा परीक्षण सार्वजनिक गर्न ८२ वटा राजनीतिक दललाई निर्देशन दिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षणको प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण समेत गराएको छ ।

हेर्नुहोस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?