काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको राजनीतिक बेइमानी, अस्थिरता र अवसरबादले राष्ट्रिय राजनीतिलाई फेरि पुरानै बिन्दुमा धकेलेको उल्लेख गरेका छन् ।
आज पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा नयाँ सहकार्यलाई भत्काएर फेरि पुरानै गठबन्धन स्थापित गर्ने, नेपाललाई अन्त्यहीन अस्थिरतातर्फ धकेल्न चाहने एवं मुलुकलाई शक्ति राष्ट्रहरुको स्वार्थको क्रिडास्थल बनाउन प्रयासरत विभिन्न शक्ति केन्द्रको चलखेल बढेको ओलीको दाबी छ ।
पुस २६ गते कांग्रेसबाट समेत विश्वासको मत प्राप्त गरिसकेपछि प्रधानमन्त्रीले बोली फेर्न थालेको प्रतिवेदनमा उल्लेख छ ।
माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्र पुरानै भएको ओलीले टिप्पणी गरेका छन् । गएका ६ वर्षमा एमालेलाई पटक-पटक यस खालको धोका भएको उनको भनाइ छ ।
हेर्नुहाेस् पुर्णपाठ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया