काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक शुरु भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा २:३० बजेबाट शुरु भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउको विषयमा पनि छलफल भएको छ । कांग्रेस पार्टीभित्र खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने प्रस्तावहरु आइरहेको छ ।
बुधबारको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बनको प्रस्ताव गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया