पदाधिकारी बैठकअघि देउवा र प्रधानमन्त्री प्रचण्डकाे भेट

लोकपथ
84
Shares

काठमाडौं । आज (बिहिबार) नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बस्नुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

बालुवाटारमा भएको भेटवार्तामा देउवासँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए । नक्क्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि राजनीतिक माहोल तातेको छ । सोही विषयमा छलफल गर्न आज कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?