काठमाडौं । चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् । बीडीएस चौथो वर्षमा अध्ययनरत सिम्रन थापाले आत्महत्या गरेकी हुन् ।
उनलाई बुधबार शिक्षकले परीक्षा हलबाट निकालेका थिए । परीक्षाबाट निकालिएपछि उनले आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन् ।
उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । विद्यार्थीहरूलाई परीक्षामा फेल गराइदिने धम्की समेत दिने गरेको भन्दै यस्तो कार्य पूर्ण रूपमा रोकिनुपर्ने उनीहरुको माग रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया