कांग्रेस पदाधिकारी बैठक बस्दै

लोकपथ
0
Shares
sf7df8f}F, @* df3 . k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjfsf] cWoIftfdf z’qmaf/ nlntk’/l:yt ;fg]kfdf a;]sf] g]kfnL sfFu|]; s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] a}7sdf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएका पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणको बारेमा समेत छलफल हुने बुझिएको छ ।
यस बाहेक पार्टीको आगामी केन्द्रीय समितिको बैठक तथा भातृ र शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने महामन्त्री शर्माले बताए । कांग्रेस पदाधिकारी बैठक बुधबार पनि बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?