काठमाडौं । गल्छी नुवाकोट त्रिशुली सडक खण्ड अवरुद्ध भएको छ । हिजो बुधबार विनोद थापा मगरको हत्या भएपछि स्थानीयले सडक खण्ड अवरुद्ध गराएका हुन् । धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो ।
बुधबार विनोद होटलमा पुगेका थिए । होटलमा होटल संचालकसँग भएको सामान्य वादविवादले उग्र रुप लिदाँ चक्कु प्रहारबाट घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक एसपी गौतम मिश्रले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । र होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरज पण्डितलाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया