कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बनको तयारी

लोकपथ
0
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्ने भएको छ । बैठकमा नेता बालकृष्ण खाँणबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । कांग्रेसले केन्द्रीय सदस्य खाँणलाई निलम्बनको तयारी गरेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता खाँण बुधबार पक्राउ परेका थिए । पक्राउपछि खाँणलाई पार्टीबाट निलम्बन गरिनुपर्ने आवाज उठ्दै आएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ । खाँणलाई बुधवार बिहान चाबहिलको मैजुबहालस्थित निवासबाटै पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?