अर्थमन्त्रीले भने– ‘हाम्रो अर्थतन्त्र ओरालोको बाटोमा छैन’

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र ओरालो बाटोमा नरहेको स्पष्ट पारेका छन् ।

विनियोजन विधेयकको शिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् ।

उनले बैठकमा बोल्दै जुन गतिमा अर्थतन्त्र हिँड्नुपर्ने हो त्यो बाटोमा हिँड्न नसकेको बताए ।

‘अर्थतन्त्र ओरालो लागेको होइन् । छिटोछिटो हिँड्नुपर्ने हो त्यो नभएको मात्र हो ।’ उनले भने ।

त्यस्तै आर्थिक वृद्धि पनि जति मात्रमा हुन नसकेको मात्र बताउँदै ओरालै लाग्ने अवस्था नभएको दाबी गरे ।

‘अहिले आर्थिक वृद्धि ओरालो लागेको होइन । जति हामीले सोचेका हौँ त्यति चाँही नभएको हो ।’ उनले भने ।

यसअघि आर्थिक रुपमा टाट पल्टिएको देश श्रीलंकाको बाटोमा देश गयो भनेर गरिएको जस्तो चर्चा नभएको समेत बताए । प्री बजेटको छलफलका अवसरमा उठेका सबैको सवाललाई समेटेर बजेट आउने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?