खाँण पक्राउ परेपछि कांग्रेस नेताहरुले भेटे गृहमन्त्री

लोकपथ
252
Shares

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका आफ्ना पार्टीका नेता समातिएपछि कांग्रेसका नेताहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् ।

प्रहरीले आज नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बालकृष्ण खाँणलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

आफ्ना नेता पक्राउ परेपछि कांग्रेस संबद्ध नेताहरु रन्जित कर्ण, गुरुराज घिमिरे, गोबिन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्य लगायतले गृहमन्त्री श्रेष्ठसँग भेटेका हुन् ।

उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुलाई पक्राउ गरिरहेकोप्रति प्रशसां गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा गृहमन्त्री उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अगाडी बढ्ने विश्वास दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?