फरार टोपबहादुरले संसद सचिवालयलाई पठाए बिरामी भएको पत्र

लोकपथ
49
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेको सांसद एवं सचिव टोपबहादुर रायमाझीले बिरामी भएको भन्दै संसद सचिवालयालाई पत्र पठाएका छन् ।

गत बुधबार नै पक्राउ पुर्जी जारी भए पनि उनी हालसम्म फरार अवस्थामा रहेका छन् ।

आज उनले आफू बिरामी रहेको र उपचाररत रहेको पत्र सचिवालयमा पठाएका सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले लोकपथलाई पुष्टि गरे ।

‘उहाँले पत्र पठाएको जानकारी आएको छ ।’ उनले लोकपथलाई भने ।

नक्कली भुटानी बनाई अमेरिका पठाएको प्रकरणमा जोडिएका उनलाई प्रहरीले खोजी गरिरहेको छ । आफूले कानुनलाई सघाउने प्रतिबद्धता व्यक्त गरे पनि फरार अवस्थामा रहेका छन् । उनका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आज उनको दल नेकपा एमालेले अनुसन्धान नहुनेबेला सम्मका लागि निलम्बित गरेको छ ।
आज नै सो प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?