काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले आफूले दुई दिनअघि सांसदमा अर्धनग्न भएको विषयमा स्पष्टीकरण दिएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले आफूले कुनै आवेशमा आएर कुनै काम नगरेको स्पष्ट पारे ।
सोमबारको बैठकमा आफूलाई बोल्न नदिइएको भन्दै उनले कपडा खोलेर प्रदर्शन गरेका थिए । सोही क्रममा एमाले सांसद अच्युत मैनालीले उनको स्वास्थ्य परिक्षण गर्नुपर्ने भन्दै टिप्पणी गरेका थिए । सो विषयमा जवाफ फर्काउँदै उनले आफूले कुनै नेपाली नागरिक भोक र गरिबीले मर्नु नपरोस् भन्नका लागि सांकेतिक रुपमा अर्धनग्न भएको बताए ।
‘त्यो मेरो अर्धबस्त्र युवाहरुलाई बेरोजगारी गरिबी, विदेश लखेटिने, भ्रष्टाचारीहरुले राज गर्ने र उल्टै उपदेश दिनेको विरुद्धमा थियो । कि मलाई एकचोटी होइन हजार चोटी अर्धवस्त्र हुनुपर्छ भने पनि तयार छु । र कुनै नेपालीको छोराछोरी अर्धनग्न हुनु नपरोस् । भोक र गरिबीले मर्नु नपरोस् । उसको छोराछोरीले शिक्षा र स्वास्थ्य गुमाउनु परेन ।’ उनले भने, ‘म कुनै आवेशमा आएको पनि थिइन् । कुनै एकजना माननीयले भनेजस्तो मेरो मानसिक सन्तुलन गुमेको थिएन । उहाँभन्दा सायद २–४ डिग्री बढी नै पढेको व्यक्ति हुँ ।’
त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको सक्रियताको प्रशंसा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया