१३ जेष्ठ २०८०, शनिवार

ईङवा हाईड्रोपावरको साधारण शेयरको बाँडफाँट

२०८०,बैशाख,२७,बुधबार १३:२०

63
Shares

काठमाडौं । ईङवा हाईड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको साधारण शेयरको बाँडफाँट गरेको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा ईङवा हाईड्रोपावर लिमिटेडको एक सय अङ्कित दरका १२ लाख कित्ता शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाईएको थियो ।

शेयर बाडँफाँट गरि बिक्री हुन बाँकी रहेको दुई लाख ९३ हजार एक सय ६० कित्ता शेयर समेत थप गरी जम्मा १४ लाख ९३ हजार एक ६० कित्ता शेयर मध्येको एक लाख २० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी शेयर बाडँफाँट गरिएको हो ।

त्यसैगरी २९ हजार आठ सय ६३ कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरिएको तथा ७४ हजार छ सय ५८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको समेत गरी बाँकीे एक सय रुपैयाँ अंकित दरका १२ लाख ६८ हजार छ सय ३९ कित्ता साधारण शेयरहरुको बुधबार बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले २०८० बैशाख १३ गते देखि २०८० बैशाख १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको साधारण शेयरहरु बुधबार बाँडफाँट गरेको हो ।

सर्वसाधारणका लागि छुट्याईएको शेयरका लागि ११ लाख ९९ हजार नौं सय ६७ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययमवाट एक लाख २६ हजार आठ सय ६३ जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई न्युनतम १० कित्ताका दरले १२ लाख ६८ हजार छ सय ३९ कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीको भनाई छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका १८ लाख कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त छ लाख कित्ता साधारण शेयर निष्काशन गरी रितपूर्वक प्राप्त तीन लाख छ हजार आठ सय ४० कित्ता शेयर, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरीएको एक लाख २० हजार कित्ता शेयर, कर्मचारीहरुलाई सुरक्षित गरिएको २९ हजार आठ सय ६३ कित्ता शेयर र सामूहिक लगानी कोषको लागि छुट्टाईएका ७४ हजार छ सय ५८ कित्ता शेयर यस अघिनै बाँडफाँड गरिसकिएको जनाएको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको स्वामित्व भएको सहायक कम्पनी हो । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: २०८०,बैशाख,२७,बुधबार १३:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम शुरु गरेको छ । शुक्रवारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११