काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अहिलेको अर्थतन्त्रको अवस्थाबारे सबैले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका थापाले शिथिल अवस्थामा रहेको अर्थतन्त्र सुधारमा लागि अहिलेको बजेट कोषेढुंगा सावित हुनुपर्नेमा जोड दिए ।
‘अर्थतन्त्रलाई ज्वरो आएको छ । एक दलले मात्र गरेर होइन सबैको कारण भएको हो । स्वीकार गर्नुपर्छ ।’ थापाले भने । ज्वरो आएको अर्थतन्त्रलाई सुधार गर्नका लागि अर्थमन्त्रीले केही जोखिम मोलेर काम गर्नुपर्ने बताए ।
बैठकमा बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुलाई पक्राउ गर्न सरकारले देखाएको अग्रसरताप्रति धन्यवाद समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया