काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भुटानी शरणार्थी प्रकरणमा कांग्रेसले अनुसन्धानलाई सघाउन पर्ने बताएका छन् ।
सो प्रकरणमा कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण समेत पक्राउ परेपछि कांग्रेसले अनुसन्धानलाई सघाउँदै कसैलाई चोख्याउने काम गर्न नहुने बताए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ । कोही कसैले वा कहीं कतै बाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् ।’ उनले भने ।
त्यस्तै पार्टीगत र दलगत आधारमा कसैलाई जोगाउन नहुने भन्दै अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन आग्रह गरे । त्यस्तै निष्पक्ष भएर दृढतापूर्वक रुपमा अघि बढ्न सरकारसँग आग्रह गरेका छन् ।
‘को कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस् । अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस् । अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढता पूर्वक सरकार अगाडि बढोस् ।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया