नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध सत्तारुढ ३ विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

लोकपथ
294
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कारबाहीका लागि दबाब दिन विद्यार्थी संगठनहरुले आन्दोलनको तयारी गरेका छन् ।

सत्तारुढ तीन विद्यार्थी संगठनले भोलि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूले संयुक्त रुपमाआन्दोलनको घोषणा गरेका हुन् ।

भोलि बिहान ८ बजे प्रदर्शनीमार्गमा आन्दोलनको घोषणा गरेका हुन् ।

‘भ्रष्टाचारी नउम्कियोस्, भ्रष्टाचारीविरुद्धको अभियान नरोकियोस्’ भन्ने नारासहित विद्यार्थी संगठनहरुले आन्दोलन थालेका हुन् । यसअघि यतिका भ्रष्टाचारका काण्ड बाहिर आउँदा पनि कानमा तेल हालेर बसेको भन्दै आलोचना भइरहेको थियो ।

यो पनि

अर्बौँ काण्डमा गुपचुप विद्यार्थी संगठन : कहाँ चुके, कहाँ लुके ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?