संसदमा राप्रपाको हंगामापछि १५ मिनेटका लागि बैठक स्थगित

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध गरेको छ ।

आफूहरुले बोल्न नपाएको भन्दै राप्रपाले अवरोध गरेको हो ।

आइतबारबाट शुरु भएको बैठकमा प्रीबजेटका बारेमा छलफल भइरहेको छ ।

राप्रपाका सांसदहरुले अवरोध गरे पनि सभामुखले बैठकलाई नियमित कार्यसूची अनुसार अघि बढाउन आग्रह गरिरहेका छन् ।
तर सांसदहरुले विरोध जारी गरेपछि आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?