नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण समातिएपछि रविले भने– ‘यो शिलशिला नरोकियोस्’

लोकपथ
105
Shares
k|ltlglw;ef a}7sdf pkk|wfgdGqL nfld5fg] sf7df8f}F, @% k’; M pkk|wfg tyf u[xdGqL /lj nfld5fg] ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug'{x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको सक्रियताप्रति प्रशसां गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सो प्रकरणमा मुछिएकाहरु पक्राउ गरेकोमा नेपाल प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीको प्रशंसा गरेका हुन् ।

आज नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोपमा प्रहरीले पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको छ ।

सो प्रति सरकारलाई धन्यवाद दिँदै रविले लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस् ।’

सो प्रकरण जोडिएका तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । भने एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?