पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

लोकपथ
189
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रकरणमा मुछिएका खाँणलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

यसअघि नै सो प्रकरणमा मुछिएका तत्कालिन गृहसचिव टेकनारायण पाण्डे लगायत हाइ प्रोफाइललाई प्रहरीले पक्राउ गरिसकेको छ । भने नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी फरार रहेका छन् ।

अन्य पक्राउ परेकाहरुको बयानको आधारमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो ।

योसँगै सो प्रकरणमा मुछिएकामा पक्राउ पर्नेहरु ११ जना पुुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?