चुरोट, बिंडी आदिका मूल्यसूची उल्लेखित पोस्टर पसलमा नटाँस्न निर्देशन

लोकपथ
35
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न सचेत गराएको छ ।
सुर्तीजन्य कम्पनीहरूले किराना तथा होलसेल पसललगायतको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न सचेत गराएको हो ।

कम्पनीहरुले गरेको उक्त कार्य सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ प्रतिकुल रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट तुरुन्त हटाउन निर्देशन दिएको छ ।

अन्यथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन र जनस्वास्थ्य ऐन बमोजिम सजाय र जरिवाना हुने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?