भ्रष्टाचारी लुकाइएको भन्दै भोलि बृहत नागरिक आन्दोलन

लोकपथ
77
Shares

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा दोषीलाई लुकाइएको भन्दै बृहत नागरिक आन्दोलनले प्रदर्शन गर्ने भएको छ ।

बृहत नागरिक आन्दोलनले बुधबार काठमाडौंको भद्रकालीमा आन्दोलन गर्न लागेको हो ।

देशको अर्थतन्त्र धराशायी बनाउने र अन्तर्राष्ट्रियस्तरमै नेपालको छवी धूमिल बनाउने अपराधमा संलग्नहरुलाई कानुनी कारबाहीको मागसहित बृहत आन्दोलन गर्न लागिएको बताइएको छ ।

‘देशको अर्थतन्त्रलाई धराशायी बनाउने र अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवी धूमिल बनाउने जघन्य अपराधमा संलग्न रहेकामाथि कानुनी कारबाही अगाडि बढाउन बृहत् नागरिक आन्दोलनले जोडदार माग गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अपराधमा संलग्न राजनीतिक व्यवसायीहरुको उन्मुक्ति दिने राजनीतिक चलखेलविरुद्ध आम नागरिकलाई सडकमा उत्रिएर खबरदारी गर्न हामी अपिल गर्दर्छौँ ।’

May be an illustration of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?