टोपबहादुर रायमाझीको घरमा प्रहरीले मार्यो छापा

लोकपथ
308
Shares

काठमाडौं । नेपाल प्रहरीले फरार रहेका नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ ।

रायमाझीको सातदोबाटोस्थित घरमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो । रायमाझीको  निवासमा छापा मारेपनि रायमाझी भने फेला परेका छैनन् ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझीको नाम पनि जोडिएर आफूमाथि पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?