डा. सुरेन्द्र केसीको विश्लेषण : ओली सरकार इतिहासकै भ्रष्ट बन्यो


लोकपथ
प्रकाशित मिति : २ माघ २०७५, बुधबार ०६:२६

काठमाडाैं । दुई तिहाई बहुमतको वर्तमान सरकारबाट जनताले धेरै आश गरेका थिए तर, सरकार गठनको १० महिना पुगिसक्दा समेत जनस्तरमा महसुश हुने गरी काम गरेको देखिदैन । त्यसमाथि पछिल्लो समय विभिन्न घटना तथा प्रसङ्गलाई लिएर सरकारको आलोचनाको ग्राफ उकालो लागिरहेको छ ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी चुनावमा जनतासँग गरेका बाँचा सरकारले छोडिसकेको आरोप लगाउँछन् । उनको विश्लेषणमा यो सरकार इतिहासको भ्रष्ट र बदनामी सरकार हो । नेतृत्वले लोकतन्त्रलाई आफ्नो प्रालीको रुपमा दुरुपयोग गरेर लुटतन्त्र मच्चाएको उनको तर्क छ । 

लामो दुरीको यात्रामा हिडेको दुईतिहाइको सरकार किन यसरी आलोचित भइरहेको छ त ? यसैविषयमा लोकपथ डटकमका लागि विश्लेषक केसीसँग नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

सकारको यो १० महिनाको अवधीलाई तपाईंले कसरी मूल्याङकन गर्नुभएको छ ?

मैले त आज जे भइरहेको छ, त्यहि हुन्छ भनेर केपी ओलीको नेतृत्वको सरकार गठन हुने बित्तिकै भनेको थिए । त्यो बेला ‘सोसम’ मिडिया खोल्नै नहुने गरी मलाई आक्रमण गरे त्यीनीहरुले । अब अहिले म मात्र बोलिरहेको छु, तिनिहरुलाई भन्दैछु बोल न भाई ।

केहि नयाँ छैन, सरकार हिडिरहेको बाटो नै यहि हो । सरकार यो गतिमा आइपुग्यो अब अझ के हुन्छ र कति तल आउँछ भन्ने मात्रै हो । हामी नै हौं दुईतिहाइमा पुर्याउने तर यिनीहरुले हामीमाथि ठूलो घात गरे, बेइमानी भयो ।

तिमिहरु किन यसरी सुतिरहेका छौं ? किन तिमिहरुले गुणगान गाएको सरकारले भने जति परिणाम दिएन तर उनीहरु एक शब्द पनि बोल्दैनन् । एकपछि अर्काे घोटाला बाहिर आएका छन्, सरकारको बदनामी यति बढेको छ कि यति बदमानी त इतिहारमै भएको छैन ।

केहि नयाँ छैन, सरकार हिडिरहेको बाटो नै यहि हो । सरकार यो गतिमा आइपुग्यो अब अझ के हुन्छ र कति तल आउँछ भन्ने मात्रै हो ।

चुनावको बेला तत्कालिन एमाले र माओवावादी केन्द्रले जसरी हामी एक हुन्छौं, देशमा समृद्धी ल्याउँछौं भनेर नारा लगाए र जनताले विश्वास गरेर बहुमत दिए । जुन अपेक्षाका साथ जनताले मत दिएको थिए त्यो पूरा भएको पाइदैन, जनताको मतको दुरुपयोग भएको हो ? 

शतप्रतिशत दुरुपयोग भयो किनभने उनीहरुले जे-जे कुरा गर्छु भनेका थिए, त्यो केहि पनि भएको छैन । चुनाव-घोषणापत्रमा समेटिएका कुरा त आउँदै आएनन् । सँगसँगै ५-७ ओटा मुलभूत कुराहरु देखाएका तिए, ती कुराहरु पनि सरकारले पूरा गरेन । हामी नै हौं दुईतिहाइमा पुर्याउने तर यिनीहरुले हामीमाथि ठूलो घात गरे, बेइमानी भयो ।

र यो समयसम्म इतिहासमा सुशासन र समृद्धीको सपना देखाउँदै, जनयुद्ध र जनताका कुरा देखाउँदै, लोकतन्त्रका कुरा देखाउँदै, जसरी यिनीहरुले आफ्नै खालको राजतन्त्र, आफ्नै खालको सामन्ती र आफ्नै खालको भ्रष्ट-कमिशन खोर शासन प्रणाली अबलम्बन गरे त्यसको निरन्तरता मात्रै भयो, हामीले देखेको नयाँ कुरा केहि पनि आएन । 

शुरुवाती ११ महिनामा देखाएको परर्फमेन्सले  आगामी चार वर्ष सरकारको यात्रा कस्तो देख्नुहुन्छ ?

अझ बिग्रेर जान्छ, किनभने एकपछि अर्काेगरी सरकारप्रतिको जनआस्था गिरेर गएको छ । यिनीहरु बेइमान भ्रष्ट हुन् भन्ने कुरा आएको छ, नातावाद-किर्पावाद धेरै बढेको छ । अब राष्ट्रपति जस्तो संस्थालाई जुन विवादमा ल्याए, उनी विलाशिताको प्रतिबिम्ब बन्न पुगिन ।

ज-जसले राष्ट्रपतिबाट पुरस्कार पाए, ज-जसले पद पाएको छ उनीहरुले मात्रै राष्ट्रपतिलाई सम्व्रद्र्धन गर्नुपर्ने ? बाँकी अरुले चाँहि अपमानित तरिकाले सडकमा ल्याउनुपर्ने र मन्त्री-प्रधानमन्त्रीहरुको अवस्था पनि त्यहि हुने ?

सरकारका सञ्चारमन्त्रीले बोलेको त अनुहार हेर्न पनि डर लाग्छ । जो सरकार गर्दैछ त्यो चरम फाँसिवादी चिन्तन हो, आलोचना सुन्न नचाहने चिन्तन हो ।

यसबाट एउटा आकलन के गर्न सकिन्छ भने ओलीले नातावाद-किर्पावादका आधारमा छोरा-बुहारी राखेको, सँगसँगै यिनीहरुका जो साँसद छन् तीनीहरुले पनि स्वास्नी छ भने लोग्ने, लोग्ने छ भने स्वास्नी पिए बनाउने रहेछन् ।

यो कुरा पत्रपत्रिकामा नातासहित चित्रण गरेको कुरालाई पनि प्रधानमन्त्रीले हामीबाट पनि यो गल्ती भयो, यो शुशासनको लागि राम्रो हुदैन भनेर जनगुनासालाई हामीले आधार मानेर आगामी दिनमा सुधार्छाैं भन्नु त कहाँ हो कहाँ उल्टै साँसदलाई अपमान गर्ने ? यस्तो गर्यो, उस्तो गर्यो भन्ने भन्दै बौद्धिक वर्गलाई पनि थला पार्दिन्छु पो भन्छन् । सरकारका सञ्चारमन्त्रीले बोलेको त अनुहार हेर्न पनि डर लाग्छ । जो सरकार गर्दैछ त्यो चरम फाँसिवादी चिन्तन हो, आलोचना सुन्न नचाहने चिन्तन हो ।

यसबाट उनीहरु सुध्रिने पट्टी छैन, जे गरेको छ त्यही ठिक हो भन्ने सरकारलाई लाग्दो रहेछ । सरकारलाई लागिरहेको कुरा चाँहि अराजकता र तानाशाही प्रवृती, स्वच्छन्दतावादी प्रवृती, व्यक्तिवादी प्रवृती हो भन्ने हाम्रो आलोचना छ ।

त्यसको विरोध गरेमा उल्टै धम्क्याउने, जागिरबाटै निकालिदिन्छौं भन्ने, सचिव छ भने जागिरबाट ‘आउट’ गरिदिने जुन प्रवृती उनीहरुले देखाए त्यो एकदमै घातक छ । यसले सरकारलाई सुध्रिन दिदैन, अझ विकृत र भ्रष्ट भएर जान्छन् । 

सरकारको विरोध गर्दा लोकतन्त्र नै कमजोर हुन्छ भनिरहेको छ सत्ता पक्षले, यसअघि निर्वाचनताका कांग्रेसले पनि कम्युनिष्टले जितेपछि लोकतन्त्र कमजोर हुन्छ भन्यो । लोकतन्त्र जनता तर्साउने हतियार किन बन्दैछ ? 

हिजो शाही सामन्तवाद भयो भने अहिलेको लोकतन्त्रवादी सामन्तीवाद भयो । हिजो राजाका ज्वाई-जेठान र भतिजाहरु मालामाल हुन्थ्ये भने आज नेताका स्वास्नी, छोरा-छोरी मालामाल हुन्छन् ।

तपाईले देखिराख्नु भएको छ, मन्त्रिपरिषदमा को छन्, कसले टिकट पाउँछ, कसले के सुविधा लिइरहेका छन् । नाताविना कसैले पनि अवसर पाउदैनन् । केपी ओलीको हकमा त के भयो भने, बाबुरामका पालामा जेठी सासुहरु मात्रै मालामाल हुन्थ्ये ।

लोकतन्त्रमा त जनताको आवाज सुन्ने जनताको ‘म्यान्डेड’लाई अबलम्बन गर्नुपर्छ, लोकतन्त्र भनेको घोषणापत्रमा जे प्रतिवद्धता जाहेर गरेको हुन्छ, त्यसमा प्रतिवद्ध भएर काम गर्ने प्रणाली हो । यहाँ त चुनाव-घोषणापत्रमा जे कुरा गरिएको छ त्यो विषय नै आएको छैन ।

अहिले तपाईले हेर्नुभयो भने कि खरेलको नाम आउँछ, कि उप्रेतीको नाम आउँछ, कि पाठकको नाम आउँछ, अरुको त नामै आउदैन । त यसबाट लोकतन्त्रलाई उनीहरुले आफ्नो प्रालीको रुपमा दुरुपयोग गरेको र नयाँ खालको सामन्ती संस्करलाई सरकारले संस्थागत गरेको देखिन्छ । यो नयाँ सामन्तवाद नभएर के हो त ? लाेकतन्त्रलाई नीजी फाइदाको संरचनागत व्यवस्थापन गर्ने एउटा भाडो बनाए ।

लोकतन्त्रमा त जनताको आवाज सुन्ने जनताको ‘म्यान्डेड’लाई अबलम्बन गर्नुपर्छ, लोकतन्त्र भनेको घोषणापत्रमा जे प्रतिवद्धता जाहेर गरेको हुन्छ, त्यसमा प्रतिवद्ध भएर काम गर्ने प्रणाली हो । यहाँ त चुनाव-घोषणापत्रमा जे कुरा गरिएको छ त्यो विषय नै आएको छैन ।

केहि बुँदाहरुमा उनीहरुले गर्छाैं भनेर आकाँक्षा देखाइदिए ती कुरा पनि उलङघन गरे । मैले देख्दा यो आवरणमा मात्रै लोकतन्त्र छ, प्रतिनिधि निर्वाचित भएर मात्रै आएका छन् तर आचरण चाँहि लोकतान्त्रिक छैन । 

तपाईंको भनाईमा जनतासँग गरेका प्रतिबद्धता र वाचाहरु सरकारले पूर्ण रुपमा छोडिसकेको हो ?

त्यतातिर त अझ फर्कदै फर्केनन् नि, थप उसले ५-७ ओटा अश्वासन दियो, खाल्डाखुल्डी, काम नगर्ने ठेकेदारलाई कारबाही, मेलम्चीको तीव्रता, सिण्डिकेट, ३३ किलो सुन प्रकरणका कुरा निकालो- कारबाही गर्छु र सुशान कायम गर्छु भन्यो ।

जनतामा आकाँक्षा देखायो तर, त्यो चर्चामै सिमित भयो काम केहि भएन । कुरा के रहेछ भने काठमाडौंको ठेक्का लिएको ठेकेदारको घरमा प्रचण्ड बस्दा रहेछन् । सिण्डिकेटमा यिनीहरुकै मान्छे रहेछन्, ‘आईएनजिओ’मा यिनीहरुकै हालीमुहाली रहेछ, यसलाई त एसिया प्यासेफिक समिटले नाङगो रुपमा देखाइदियो नि ।

भन्ने कमिनिजम, भन्ने समाजवाद अनि लुटने जनता, यो कुन लोकतान्त्रिक आचरण हो ? भनेर हामीले प्रश्न उठाउँदा हामीलाई लोकतन्त्र विरोधी, गणतन्त्र नमान्ने, आफू राजाको शालिकमा गएर ढोक्ने अनि हामी गणतन्त्र नमान्ने ?

प्रधानमन्त्री नै होटल साल्टीमा गएर तीन दिन बसे, माधव नेपाल त त्यो चर्चाले आयोजना गरेको कार्यक्रमको सहआयोजक नै भए । भनेपछि घोषणापत्र त कहाँ गयो कहाँ मुलभूत रुपमा उठाएको कुरा समेत छोडे । अब हामीले कुरा उठाउछौं, उनीहरु त प्रजातन्त्रविरुद्धको षयन्त्र हो भन्छन् ।

राष्ट्रपतिको विलाशितापूर्ण १८ करोडकको गाडी भन्ने कुरा आयो, १८ करोडको गाडी किन ? भन्दा उनीहरु भन्छन् के राष्ट्रपति साइकलमा हिड्ने हो र ? हामीले यस्तो माग्ने देशको राष्ट्रपतिले कस्तो सुविधा लिनुपर्छ त्यो अनुसारको गरे पो भनेको हो त, साइकल चढे त राम्रो किनभने विश्वमा कतिपय साइकल चढ्ने नेता पनि छन् । भनेपछि हामी यो कुरा गरिहरको छौं उनीहरु त डेढ अर्बको हेलिकक्ष्टर चढ्ने कुरा पो गर्छन् । चढ तर घाँटी हेरी हाड निल्नुपर्छ भन्ने हाम्रो भनाई हो ।

अझ सर्वहाराको नेता रे, सर्वहाराका नेता कसरी भए यिनीहरु ? कि त सर्वहाराका नेता होइनौं भन्नु पर्यो, हामी नयाँ राजा हौं लुट्न आएका हौं भन्नु पर्यो । पार्टीको नाम कम्युनिष्ट राख्ने, भन्ने कमिनिजम, भन्ने समाजवाद अनि लुटने जनता, यो कुनै आचरण हो ? भनेर हामीले प्रश्न उठाउँदा हामीलाई लोकतन्त्र विरोधी, गणतन्त्र नमान्ने, आफू राजाको शालिकमा गएर ढोक्ने अनि हामी गणतन्त्र नमान्ने ?

सरकारले जे गरेपनि राम्रो आलोचकहरु सबै नराम्रो भन्ने प्रवृती मौलाएको हो ?

त्यो देखिन्छ, किनभने जब मान्छे चाँहि आत्मकेन्द्रीत भएर काम गर्छ र स्वार्थकेन्द्रीत भएर काम गर्छ, त्यसपछि उसले आलोचना पनि सहदैन । सरकारको नेतृत्वकर्ता पनि पूर्ण रुपमा स्वार्थमा अघि बढेका छन्, यिनीहरुलाई मन्त्री-प्रधानमन्त्री भए भइहाल्छ, आफ्नालाई मालामाल गराउन पाए पुगीहाल्छ नेपाली जनताको मतलब छैन ।

अब डा. गोविन्द केसी लडिराछन् विचरा उनलाई यस्तै गर्नु थियो भने किन हिजो सम्झौता गरेको ? अब उनले दन्द्धकालिन विषय उठाउन थाले भनेर कुट्न पो खाज्छन् । हिजो त सम्झौता गरेकै हो नि आज उनको चित्त बुझाउनु पर्छकि पर्दैन ?

सत्तारुढ दलका शीर्ष नेता राजाप्रति अलि बढी नै आक्रोसित देखिन्छन्, विशेषगरी प्रचण्डले आक्रोश पोखिराख्नु हुन्छ । के राजाबाट आत्तिहाल्नु पर्ने अवस्था हो अहिले ?

जब मान्छे आफूभित्रको कमजोरीले गल्दै जान्छ, त्यसपछि उसले यो खालको प्रतिक्रिया दिन थाल्दछ । राम्रो काम गर्ने हो भने जनता उसको पार्टी जान्छन् र नेतृत्व बलियो भएर जान्छ, शक्तिशाली भएर जान्छ, अनि ‘हात्ती गएर बजार कुत्ता भुके हजार’ भनेको जस्तो कुनै राजा कहाँ जाओस्, सुरेन्द्र केसीले जेसुकै बोलोस् त्यसको कुनै अर्थ हुदैन ।

तर जब आफू कमजोरीबाट घेरिन्छ त्यसपछि मानिसमा यी प्रकारका राेदनहरु आउँछन् । आफूसँग एजेण्डा  केहि पनि भएन, कसरी मुलुकलाई औद्योगिकरण गर्ने, कसरी विश्वमा फैलिएर रहेका ६२ लाख नेपाली युवालाई स्वदेशमा फर्काउने ? त्यो कार्ययोजना त सरकारसँग भएन, त्यसका केन्द्रीत नहुने अनि राजा कहाँ गए-राजा कहाँ गए भनेर हुन्छ ।

राष्ट्रपति एक ठाँउबाट अर्काे ठाँउमा जादा ३ सय मान्छेले घेर्दैनन्, राजा एक ठाँउबाट अर्काे ठाँउ जादा ३ हजार मान्छेले घेर्छन, त्यसकारण यिनीहरुलाई जलन भयो । आफ्नो कमजोरी लुकाउन अर्काको बदपाई थालेको मात्र हो यो कमजोरी लुकाउने एउटा कुतर्क मात्रै हो । 

राजा एउटा स्वतन्त्र नागरिक हो, जहाँ गए नि के को टाँको दुखाई । आफूले जनतालाई आकर्षित गरे, राजा आइरहन्छन-गइरहन्छन् । तर यहाँ के भयो भने राष्ट्रपति एक ठाँउबाट अर्काे ठाँउमा जादा ३ सय मान्छेले घेर्दैनन्, राजा एक ठाँउबाट अर्काे ठाँउ जादा ३ हजार मान्छेले घेर्छन, त्यसकारण यिनीहरुलाई जलन भयो । आफ्नो कमजोरी लुकाउन अर्काको बदपाई थालेको मात्र हो यो कमजोरी लुकाउने एउटा कुतर्क मात्रै हो । 

उसो भए यो मनभित्रको भूत मात्रै हो ?

मलाई त त्यहि लाग्छ, किनभने अब राजालाई पनि नागरिक अधिकार छ, एक ठाँउबाट अर्काे ठाँउमा जान पाइहाल्छन् । बरु गैरकानूनी रुपमा गए कारबाही गरे त भइहाल्यो नि किन यति धेरै रोइलो गर्नु ।

तर यिनीहरुमा त के भने आफू कमजोरीको थुप्रोमा बसेका छन् अनि पोल्छ भित्रभित्रै गरेको त केहि पनि छैन ।

आफू यस्तो शासन गर्ने, यो वातारण निर्माण गर्ने ? यसको सम्पूर्ण जवाफदेहिता सरकारले नै लिनुपर्छ । र कोही नागरिक एक ठाँउ बाट अर्काे ठाँउ गए यस्तो खालको कोकोहोला गर्नुपर्ने ? यसको त म कुनै अर्थ देख्दैन, आफू कमजोर हुँदा मनभित्र पैदा भएको संशय मात्र हो । 

प्रतीपक्षीका कुरा गरौं, प्रतिपक्षीमा काग्रेस कमजोर भएको हो ?

नेपाली कांग्रेस सत्तामा ढलिमलि गर्दै आएको पार्टी हो । कुशासन र भ्रष्टाचारको पर्याय बनेको कांग्रेसले प्रतिपक्षको रुपमा भूमिका त लामो समय पनि खेल्न पाएन त्यसकारण उसलाई त्यो भूमिका खेल्न आउँदैन पहिलो कुरा ।

दोस्रो कुरा सभापति शेरबहादुर देउवा चरम पराजयबाट मनोबल अत्यन्तै गिरेको सेनापति हुन् । मनोबल गिरेको सेनापतिले कुनैपनि युद्ध परिचालन गर्न सक्दैन, हाक्न सक्दैन । अब नैतिक दृष्टिकोणले उनले त्यो पराजयको जवाफदेहिता लिदै त्यो जिम्मेवारीबाट छुट्टी लिनुपथ्यो । अब नैेतिकता नमान्ने नेताले कसरी प्रतिपक्षको नेतृत्व गर्न सक्छ ?

अलिकति स्पष्ट हुन चाहे, छुट्टी लिनुपथ्यो भन्नुको अर्थ सभापति पदबाट राजीनामा दिनुपथ्यो भन्नु भा हो ?

हो, नैतिक जिम्मेवारी लिएर पार्टीको सभापति पदबाट राजीनामा दिनुपथ्यो । त्यत्रो सत्तामा भएको पार्टीलाई करारी हार गराउने नेताले त्यसको जवाफदेहिता लिनु पर्दैन । आफूलाई प्रजातान्त्रिक पार्टी भन्ने अनि त्यस्तो मिशाल खडा नगर्ने भनेपछि कसरी प्रजातान्त्रिक पार्टी भयो त ?

कांग्रेसलाई प्रतिपक्षको भूमिका खेल्न आउँदैन पहिलो कुरा । दोस्रो कुरा सभापति शेरबहादुर देउवा चरम पराजयबाट मनोबल अत्यन्तै गिरेको सेनापति हुन् । मनोबल गिरेको सेनापतिले कुनै पनि युद्ध परिचालन गर्न सक्दैन, हाक्न सक्दैन ।

अब उनी के भन्छन् प्रधानमन्त्री केपी ओली जस्तै आफू हार्ने अनि मलाई राजीनामा गर भन्ने, यस्तो मान्छेले कसरी पार्टीको नेतृत्व गर्छ ? कसरी प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्छ सम्भव नै थिएन नि ? कहिलेसम्म यो तहको नेताले देशको प्रजातान्त्रिक पार्टीको नेतृत्व गर्ने हुन्, प्रमुख प्रतिपक्षीको भूमिका खेल्ने हुन्, कहिलेसम्म लोकतन्त्रलाई हँसिको विषय बनाउने हन् ?

यसको एजेण्डा नै छैन नि, कहिले निर्मला पन्तको एजेण्डा लिएर हिडेको छ, कहिले गोविन्द केसी भनेको छ खास एजेण्डा के हो त अहिले ? वाइडबडीको कुरा गर्ने हो भने देउवासँग जोडिएको विषय भनेर आएको छ, उनले यो त ओली-प्रचण्डको काम हो भनेका छन् । 

वाइडबडीको कुरा निकालिहाल्नु भयो, यसमा निष्पक्ष छानविन हुने छाट देखिदैन । यहाँका विचारमा अब कसरी अगाडि बढ्नुपर्छ ?

पहिलो कुरा त, यो के हो यसको तथ्यबाहिर ल्याउनुपर्छ । अहिले लेखा समितिको उपसमिति नै यो विषयलाई या त बङगाउने, होइन भने समय अनुसार स्वास्र्थ अनुसार थपघट गर्ने बाटोमा देखिन्छ । कहिले सचिवको पनि यसमा संलग्नता छ भन्ने कहिले छैन भन्ने ।

वाइडबडी प्रकरणमा मिलिभगत गरी यसलाई पचाउने प्रपञ्च भइरहेकाे छ, हेर्नुहोला अलिदिन ‘गफ’ लगाउँछन् लास्टमा गएर यसलाई पटापक्षेप गर्छन् । २१ औं सताब्दीमा १४ वर्ष जेल बसेको नेताले यो प्रकारणको शासन गर्नु भनेको नेपाली जनताको साह्रै ठूलो अपमान हो । 

यसबाट के बुझिन्छ भने लेखा समिति जो ‘मिनि’ साँसद हो, यो नै ‘फ्रट’ छ कि आशंका पैदा भएको छ । ठूलो पैसाको काम देउवाको पालामा भए पनि अरु काम त केपी ओलीकै पालामा भएको छ । त्यसकारण यिनीहरुले मिलिभगत गरी यसलाई पचाउने प्रपञ्च अन्तर्गत यो सबै भएको हो । हेर्नुहोला अलिदिन ‘गफ’ लगाउँछन् लास्टमा गएर यसलाई पटापक्षेप गर्छन् ।

राष्ट्रले १५-२० अर्ब रुपैया गुमाउछ, सञ्चयकोष डुब्छ, नागरिक लगानी कोष डुब्छ, नेपाली जनता ठगिन्छन् केहि पनि हुदैन । २१ औं सताब्दीमा १४ वर्ष जेल बसेको नेताले यो प्रकारणको शासन गर्नु भनेको नेपाली जनताको साह्रै ठूलो अपमान हो । 

अहिले देशमा दोषारोपण निकै बढेको देखिन्छ । सत्तापक्षले प्रतिपक्षी देख्न नसक्ने, प्रतिपक्षीले सत्तापक्ष, किन होला ?

मन्त्रीले सचिवलाई हान्नु भनेको, पुलिसले अपराधमा जोडिएको सामग्री धोइपखाली गर्नु भनेको कुनै लोकतन्त्र हो ? लेखा समितिमाथि सरकारको जाँचबुझ समिति गठन गर्नु कसरी लोकतन्त्र हुन्छ ?

लोकतन्त्रमा तीनवटा कुरा हुन्छ, एउटा योग्यता क्रम, अर्काे जवाफदेहित, तेस्रो चाँहि पारदर्शीता । दुर्भाग्य यो सबै कुरा हाम्रो प्रणालीमा छैन, त्यसकारण यो लोकतन्त्र नै होइन, यो त डेमोक्रेशी होइन, मबोक्रेसी हो ।

मन्त्रीले सचिवलाई हान्नु भनेको, पुलिसले अपराधमा जोडिएको सामग्री धोइपखाली गर्नु भनेको कुनै लोकतन्त्र हो ? लेखा समितिमाथि सरकारको जाँचबुझ समिति गठन गर्नु कसरी लोकतन्त्र हुन्छ ?

न्यायिक समितिमा नातागोता नियुक्ति गर्ने अनि प्रधानन्याधिशले त्यो कुरा उठाउँदा दुईतिहाइको महाअभियोग लगाउनु लोकतन्त्र हुन्छ, लोकतन्त्र भनेको निर्वाचन मात्रै हो ? लोकतन्त्र हो भने त्यो अनुसारको व्यवहार गर्नपर्यो होइन भने भन्दिनु पर्यो स्वच्छचारी शासन हो भनेर । 

अन्त्यमा अब सरकार कसरी अगाडि बढ्नुपर्छ ?

होइन उसले जे गर्छु भनेको छ । मुलभूत रुपमा चुनाव-घोषणापत्रमा भनेको कुरा पूरा गर्ने बाटोमा लाग्नु पर्यो । चुनावको बेला ठूला-ठूला महोत्वकाँक्षा देखाउने काम गर्ने उल्टा बाटो हिड्ने ?

मेलम्चीको कुरा कहाँ गयो, राष्ट्रिय गौरवका आयोजनाको हालत के छ, ३३ किलो सुन, निर्मला प्रकरण कहाँ हराए यी कुरामा ध्यान गरेको खै ? यो कुनै लोकतन्त्र होइन, त्यसैले मैले भन्ने गरेको मबोक्रेसी हो, मबोक्रेसीको अन्त्य हुनुपर्छ, सुशासनको पुर्नवहाली हुनुपर्छ ।

सम्पूर्ण संरचना ध्वस्त भए, दुभाग्य ! शहिदका सपना, योद्धाकाहरुको श्रम त्यो सबैको अहिलेका शासकहरुले खिल्ली उडाए । त्यसैले यो लोकतन्त्र नै होइन, लुटतन्त्र हो ।

लोकतान्त्रिक मूल्य मान्यता अनुसार शासन प्रणाली चलाउनु पर्छ, जुन जवाफदेहितामा आधारित हुन्छ । योग्यताक्रममा आधारित हुन्छ र पारदर्शीतामा आधारित हुन्छ ?

यस्तो किन हुदैछ भने संसदमा एकजना मान्छे पनि योग्यताको आधारमा पुगेको थिएन, नातावाद र किटेप्रथाको आधारमा पुगे उनीहरुको हामीमुहाली भयो । जसले गर्दा सम्पूर्ण संरचना ध्वस्त भए, दुभाग्य ! शहिदका सपना, योद्धाकाहरुको श्रम त्यो सबैको अहिलेका शासकहरुले खिल्ली उडाए ।

त्यसैले यो लोकतन्त्र नै होइन, लुटतन्त्र हो । लुटतन्त्रलाई हामी स्यावासी दिन सक्दैनौं, यी आवाजहरु हामीले उठाइदिएको मात्र हो । तर यिनीहरुको व्यवहारबाट हामी घोर आक्रोसित भएका छौं । यसलाई लोकतन्त्र विरोधी आवाज भनेर किनारा लगाउन खोजियो भने साच्चै यिनीहरुकाे लोकतन्त्रले भोलि चुनौती व्यहोर्नु पर्नेछ । हामीले देखाउन खोजेको यहि मात्र हो । 
 

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय अवार्डले जिम्मेवारी थपिएको छ : विपिन कार्की

काठमाण्डौं । रंगमञ्चको दुनियाँमा लामो संघर्ष गरेर ठूलो पर्दा आएका विपिनले आफ्नो फरक

मौरीले दिएको महजस्तै गुलियो खुसी, श्रेष्ठ दम्पत्तिको लोभलाग्ने सफलता

काठमाडौं ।‘८ बोट लसुन रोपेर, दुईटा बाख्रा र १० वटा कुखुरा पालेर कृषि

लोकसेवा विज्ञापनको बारेमा गाउँपालिका अध्यक्षले दिए संसदलाई चुनौती (भिडियोवार्ता)

काठमाडौं । स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमालेका प्रतिद्वन्दी कृष्ण घिमिरेलाई ३ सय

जसले खिचेको तस्वीर कान्तिपुरको पहिलो अंकको फ्रन्टपेजमा छापियो

यो त्यसवेलाको कुरा हो जब दृश्य होइन पललाई क्यामेरामा कैद गरिन्थ्यो, ब्ल्याक एण्ड