काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रिय सभामा विनियोजन विद्येयकमाथिको प्राथमिकता र शिद्धान्तमाथि छलफलका लागि जानुपर्ने भएकोले बैठक स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेले सो कुरा सदनमा जानकारी गराएका हुन् । यसअघि सोमबार बसेको बैठकमा अर्थमन्त्री महत राष्ट्रिय सभाको बैठकमा जाँदा सांसदहरुले आपत्ति जनाएका थिए ।
आइतबारबाट संसदको दुवै सदनमा प्रीबजेटका बारेमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया