काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको थपिएको कार्यकाल आज सकिँदैछ ।
नेविसंघको महाधिवेशन गत भदौमा हुने भनिएको थियो । तर, नेविसंघको आन्तरिक विवादका कारण महाधिवेशन हुन सकेन् । त्यसपछि फेरी पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । तर, पुनः थपिएको दुई महिनाको म्याद आज (बुधवार) सकिँदै छ ।
थपिएको समयावधीमा पनि अधिवेशन हुन नसकेपछि माउ पार्टी कांग्रेसले गत मंसिरमा विधान संसोधन गरेर तीन महिनाको समयावधीलाई ५ महिनाको बनाएको थियो ।
थपिएको समयमा पनि अधिवेशन हुन नसक्दा नेविसंघका तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सह–महामन्त्रीहरुले पदबाट राजीनमा दिएका थिए ।
उनीहरुले गत पुस २७ गते पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका थिए ।
राजीनामा बुझाउनेहरुमा उपाध्यक्षय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् भने महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले राजीनामा दिएका छन् ।
त्यस्तै आगामी फागुनमा त्रिविका आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुने भएकाले आगामी वैशाखमा अधिवेशन गराउन नेतृत्वको ध्यानाकर्षण गराएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया