काठमाडौं । सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल फिल्म देखाउनका लागि हो भन्दै व्यङ्ग्य गरेका छन् ।
मङ्गलवार प्रधानमन्त्री प्रचण्ड,ओली र शेरबहादुर देउवाले भेटवार्ता गरेका थिए । सोही प्रसंगलाई लिएर उनले प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव बेचबिखन गरेर अरबौँ ठगी गर्नेहरू सार्वजनिक गर्न माग गरेका छन् ।
‘सभामुख महोदयमार्फत प्रधानमन्त्रीलाई यो संसदमा स्पष्ट गराउनुपर्ने केही विषय राख्न चाहन्छु । नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अरबौँ ठगी गर्नेहरू को को हुन ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि ?’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया