रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइयो

लोकपथ
98
Shares

काठमाडौं । हिजो सोमबार राष्ट्रिय सभा बैठकमा रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ ।

टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको विषयलाई लिएर राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले असंसदीय शब्द प्रयोग गरेका थिए जसमा एमालेले आपत्ती जनाएको थियो ।

आज मंगलबारको राष्ट्रिय सभाको बैठकमार्फत अध्यक्ष तिमिल्सनाले रमेशजंग रायमाझीको असंसदीय शब्द संसदीय रेकर्डबाट डिलिट गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् । अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभामा बोल्दा नियमावली अनुसार शिष्ट र मर्यादित शब्दहरुको प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?