काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा देश निर्माण भन्दा पनि एकले अर्कोलाई गाली गर्ने स्थल भएको टिप्पणी गरेकी छिन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले सदन देश निमर्काणको छलफल हुने थलो होकी एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसनस्थल हो ? भन्दै प्रश्न गरिन् ।
त्यस्तै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजानेहरुलाई जोगाउन राजनीतिक नेतृत्व नै लागेको दाबी गरिन् ।
‘यो सदन देश निर्माण गर्ने ठाउँ हो की एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसनस्थल हो ? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूला ठूला निकाय र राजनेताहरु संलग्न भइरहेको कुरा बाहिर आइरहेको छ । प्रहरीद्वारा पक्राउ पूर्जी जारी समेत जोगाउन खोजिएको छ ।’ उनले भनिन् ।
उक्त प्रकरणले विश्वले नै नेपाललाई हेर्ने दृष्ट्रिकोण नकारात्मक बनेको भन्दै अनुदान माग्न नसकिने अवस्था नरहेको बताइन् ।
साथै उनले सांसदहरुको सम्पती वेबसाइटमार्फत सार्वजनिक गर्न समेत आग्रह गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया