काठमाडौं । निलम्बित सांसद ढाकाकुमार श्रेष्ठमाथि राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारवाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
यता निर्वाचन आयोगले भने राष्ट्रिय स्वतन्त्र पार्टीकी विन्दाबासिनी कंसाकारलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराएको छ । सर्वोच्चको अल्पकालिन आदेश र आयोगले कंसाकारलाई सांसद निर्वाचित गराएसँगै दुविधा उत्पन्न भएको छ ।
संघिय संसदको सचिवालयले गरेको सिफारिसका आधारमा २१ वैशाखमा आयोगले कंसाकारलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्ने निर्णय गरेको आयोगका राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले लोकपथलाई जानकारी दिए । सोही निर्णयको आधारमा कंसाकारले आइतबार नै सांसद भएको प्रमाणपत्र बुझेकी थिइन् ।
आज सोमबार अदालतले अल्पकालीन आदेश दिएसँगै अब श्रेष्ठ र कंसाकार को सांसद हुन्छ भन्न सकिँदैन । किनकी सर्वोच्चले अल्पकालिन अन्तरिम आदेशमा दुवै पक्षलाई छलफलका लागिसमेत बोलाएको छ । ‘अब दोहोरो सुनुवाईपछि सर्वोच्चले अन्तरिम आदेशलाई नै निरन्तरता दिएमा श्रेष्ठको सांसद पद कायम रहन्छ,’ उनले भने, ‘सर्वोच्चले अल्पकालिन आदेश खारेज गर्यो भने आयोगको निर्णयअनुसार विन्दबासिनी कंसाकार सांसद हुन्छिन् ।’
त्यसैले सर्वोच्चको आदेशसँगै अहिले रास्वपाबाट समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ नै रहेको बुझ्नुपर्ने वाग्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया