अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

लोकपथ
77
Shares

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले युनाइटेड वल्र्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा विशेष साधारण सभा सम्पन्न गरेको हो ।

कम्पनीले २०७९ चैत्र मसान्तसम्ममा प्रधान कार्यालय लगायत सात वटा प्रादेशिक कार्यालय, ३० वटा शाखा, २९ वटा उपशाखा कार्यालयहरु, छ वटा बीमा एक्सटेन्सन काउण्टरहरु र तीन वटा तेश्रोपक्ष बीमा काउण्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।

सोही अनुसार कम्पनीले चालु आर्थिक बर्षको चैत मसान्त सम्म विभिन्न किसिमका बीमाहरुबाट कुल बीमा शुल्क एक अर्ब ४४ करोड ३१ लाख रुपैंयाँ आर्जन भएको । यो बीमा शुल्क अघिल्लो आ.व.२०७८।०७९ को सोही अवधिको तुलनामा १७ दशमलव ६५ प्रतिशतले बढी हो ।

कम्पनीले बिशेष साधारण सभा मार्फत यूनाइटेड इन्स्योरेन्स कम्पनीसंग एकआपसमा गाभ्ने तथा गाभिने प्रस्ताव समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?