काठमाडौं । निर्वाचन आयोग नेपालले रास्वपाबाट बिन्दबासिनी कंशाकारलाई सांसद बनाएको छ ।
रास्वपाको समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ अडियो प्रकरणमा मुछिएसँगै पार्टीले कारबाही गर्दै उनको पद निलम्बन गरेको थियो । साथै कंशाकारलाई सांसदमा निर्वाचित गर्न आयोगलाई पत्र लेखेको थियो ।
आयोगले आज उनलाई सांसदमा निर्वाचित भएको पत्र दिएको हो ।
यता पार्टीको कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया