काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग करोडौँको डिल गरेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले निष्काशन गरेको थियो । उनले आफूमाथि गरेको कारबाही बदरको माग गर्दै सर्वोच्च रिट दायर गरेका थिए ।
सोमबार सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालिन आदेश दिएको हो ।
उनकै दल रास्वपालाई विपक्षी बनाइएको रिटमा आज अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

त्यस्तै सो विषयमा अन्तरिम आदेश दिनुपर्ने हो वा होइन भन्ने विषयमा छलफल गर्नका लागि बोलाइएको छ ।
उनी गत मंसिरको निर्वाचनमा रास्वपाबाट समानुपातिक प्रणालीका तर्फबाट सांसद बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया