काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सभामा अर्थमन्त्री महत नभएपछि प्रतिपक्ष दलका नेकपा एमालेका सांसद रघुजी पन्तले विरोध जनाएका थिए । उनको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएको पाइएपछि बैठक सञ्चालनमा प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया