काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थीका नाममा नेपालीहरू बेच्न संलग्नहरूलाई दूधको दूध र पानीको पानी हुने गरी छानबिन गर्नुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै केसीले भुटानी शरणार्थी प्रकरणमा दूधको दूध र पानीको पानी छुट्टयाउन आग्रह गरेका हुन् ।
‘नक्कली भुटानी शरणार्थीका नाममा नेपालीहरूलाई बेच्ने गरेको त्यो पनि राज्यसत्तामा महत्त्वपूर्ण ठाउँमा बस्ने गरेका मान्छेले भन्ने कुरालाई लिएर सदन तातेको छ’। ‘यसभन्दा पहिले पनि नेपालका शासकहरू, राज्यसत्तामा बस्नेहरूले गर्नु नगर्नु गर्ने गर्दा यसै गरेर सदन तातिन्थ्यो ।’ केसीले भने । ‘त्यसपछि नयाँ काण्ड आउँछन् र सदनको ध्यान अन्त जान्छ । त्यसकारण यो काण्डको दूधको दूध पानीको पानी हुने गरी कारबाही होस’, केसीको थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया