काठमाडौं । आइतबारबाट शुरु भएको प्रतिनिधि सभाको दोस्रो अधिवेशनको बैठकमा सांसदहरुले अवरोध जनाइरहेका छन् ।
आगामी बजेटका विषयमा छलफलका लागि बोलाइएको अधिवेशनमा सांसदहरुले विषयान्तर गर्न खोजेपछि सभामुख देवराज घिमिरेलाई बैठक चलाउनै हम्मेहम्मे परिरहेको छ । सोही सन्दर्भमा सोमबार (आज) बसेको बैठकको शुरुमै केही सांसदहरुले होहल्ला गरेपछि बैठक कार्यसूची अनुसार अघि बढ्न सकिरहेको थिएन ।
सांसदहरुले अवरोध गर्ने क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदको जारी बैठकमा उदण्ड व्यवहार देखाएका छन् । सभामुखले सचेत गराइरहेका बेला उनले आफ्नो सर्ट र सेन्डो खोलेर सदनमा अर्धनग्न रुप देखाए । सभामुखले सचेत गराउँदै जाँदा उनले अर्धनग्न रुप देखाएका हुन् ।
उनलाई सभामुखले आफ्नो व्यवहार सुधार गर्नका लागि आग्रह गर्दा नमानेपछि प्रतिनिधि सभा नियमावली भन्दा विपरितको हर्कत गरेको भन्दै सम्हालिन चेतावनी समेत दिए ।
यता नेकपा एमालेले उनको स्वास्थ्य परीक्षण गर्न समेत माग गरेको छ । भने अन्य दलका सांसदहरुले समेत सो हर्कतको भर्त्सना गरेका छन् । अहिले बैठक जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया