गठबन्धन र मन्त्री फेरबदलमै बिते प्रचण्डका चार महिना

लोकपथ
14
Shares
x:tfGt/0f sfo{qmdnfO{ ;Daf]wg ub}{ k|d …k|r08Ú sf7df8f}F, !% j}zfv M ldq/fi6« rLg ;/sf/sf] ;xof]udf lgdf{0f ePsf] dLgejgl:yt lghfdlt sd{rf/L c:ktfnsf] ejg x:tfGt/0f sfo{qmdnfO{ z’qmaf/ ;Daf]wg ug{‘x’Fb} k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú. tl:a/ M k|bLk/fh jGt÷/f;;

संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि जनसरोकारका विषयभन्दा पनि सरकारका मन्त्री फेरबदल, मन्त्रालय भागबण्डा र गठबन्धन परिवर्तनमै बितेको छ ।

प्रधानमन्त्री प्रचण्डले यस बीचमा १० पटक मन्त्रीमण्डल विस्तार गरे भने चारपटक मन्त्रीहरूको राजीनामा स्वीकृत गरे । त्यस्तै, साढे चार महिनाको अवधिमा तीनपटक गठबन्धन फेरबदल गरेका प्रचण्डले दुईपटक संसद्बाट विश्वासको मत लिए । उनले १०औंपटक गत आइतबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्यलाई नियुक्त गरे । आचार्यलाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद् २३ सदस्यीय भएको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?