काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि आपत्ति जनाएकी छिन् ।
प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्दै सांसद राणाले आफू महिला भएको कारण त्यस्ता आरोप लगाइएको टिप्पणी गरिन् । साथै आफूले केही गल्ती नगरेको भन्दै नडराउने समेत बताइन् ।
‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौं भन्ने ठूलो प्रश्न उठेको छ । म नभएको दिन यहाँ मेरो नाम ईंगित गरेर अनेक प्रश्न उठाइयो । आज पनि उठेको पाएको छु । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको सैह्य हुँदैन रहेछ ।’ राणाले भनिन्, ‘पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने, पुरुषकै भाष्य बोल्नुपर्ने । नारी आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषलाई असैह्य हुने । यो परिस्थिति बनेको छ । यो नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय नै छ । त्यसको विरोधमा हो संविधान लेखेको । यसका लागि जसले जति क्रिटिसाइज गरे पनि‘ मैले केही बिराको छैन । डराउँदिन ।’
त्यस्तै आफ्नो सम्पति सरकारसँग सुरक्षित रहेको बताउँदै उनले त्यसलाई वेबसाइटमा राख्न समेत आग्रह गरिन् ।
‘हामी सम्पत्ति विवरण बुझाउँछौं । मेरो श्रीमान ५–६ चोटि प्रधानमन्त्री हुनुभएको छ । मेरो लगायत, हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहन्छु, आजसम्म जति सांसद छौं, सबैको सम्पत्ति विवरण प्रकाशित गरेर वेवसाइटमा राखियोस । जनताले देखोस, कसको बढ्यो, कति बढ्यो, स्रोत के हो रु इन्डियामा हरेक महिना जुडिसियलका कर्मचारीले आफ्नो सबै हिसाब डिक्लीयर गर्नुपर्छ । हरेक महिनाको बिल बुझाउनुपर्छ । हामी त्यो कानून ल्याउन सक्छौं ? अरुलाई होच्याउन पाए जे पनि बोलेर हुन्छ ?’ राणाले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया