कार्यसूची अनुसार बैठक चलाउन सभामुखलाई हम्मेहम्मे

लोकपथ
28
Shares
sf7df8f}F, % df3M k|ltlglw;ef a}7s k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने सत्तारुढदेखि प्रतिपक्षीसम्मका सांसदहरुको अवरोधका कारण सभामुखलाई बैठक चलाउन हम्मेहम्मे परेको छ ।

आजबाट प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो शुरु भएको छ । बजेट अधिवेशन अन्तर्गत बजेटका विषयमा सुझाव संकलन गर्ने कार्यसूची रहेको थियो । तर राजनीतिक दलहरुले अवरोध खडा गरेका छन् । राजनीतिक दलहरुले अन्य विषयमा बोल्न पाउनुपर्ने मागसहित अवरोध खडा गरेका हुन् ।

सभामुख देवराज घिमिरेले कार्यसूची अनुसार अघि बढ्न आग्रह गरेका थिए । सभामुखले पहिले कार्यसूची अनुसार अघि बढ्न आग्रह गरेसँगै अहिले बैठक जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?