काठमाडौं । आजबाट प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो अधिवेशन शुरु भएको छ ।
बजेट अधिवेशनका लागि आज ४ बजेबा लागि बैठक बोलाइएको थियो । तर बैठक शुरु नहुँदै प्रमुख प्रतिपक्षी दल र अन्य दलका सांसदहरुले अवरोध गरेका छन् ।
राष्ट्रिय गान बजिसकेपछि सभामुखले कामकारबाही शुरु गर्नै लाग्दा एमालेका प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले उठेर अवरोध खडा गरेका थिए । यता नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायतले अवरोध गरेका थिए ।
सभामुखले कामकारबाही गर्न आग्रह गरेपछि बैठक बसिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया