पार्टीकाे नीति विपरीत नबोल्न नेताहरुलाई एकीकृत समाजवादीको आग्रह

लोकपथ
84
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी नीति विपरीत नबोल्न नेताहरुलाई आग्रह गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै महत्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरुले पार्टीको सिद्धान्त, आचरण र विधानको विपरीत हुनेगरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण जनाएको छ ।

‘यसलाई गम्भीरतापूर्वक नलिई पार्टी विधान विपरीत आफ्ना अभिव्यक्ति र क्रियाकलापहरू कसैले पनि गर्न पाइने छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसलाई अटेर र बेवास्ता गर्ने प्रवृत्तिले पार्टी नै कमजोर हुने हँदा आगामी दिनहरूमा आफ्ना कमी कमजोरीहरूलाई सुर्धानका लागि सचेत गराइन्छ ।’

हेर्नुहोस् विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?