नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

लोकपथ
39
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलब १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलब ६१ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ८७ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कूल २० लाख १५ हजार नौ सय ५९ कित्ता शेयर ६० करोड ८१ लाख ३५ हजार ९४ मूल्यमा खरिद बिक्री भए ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको तीन करोड २२ लाख ३७ हजार छ सय सात मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावर एक करोड ८९ लाख ७६ हजार एक सय तीन, नबिल बैंक एक करोड ६८ लाख २३ हजार, एनआइसी एशिया बैंक एक करोड ५४ लाख ७० हजार छ सय २३ र ङादी ग्रुप पावरको एक करोड ५३ लाख १५ हजार पाँच सय ९२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त आठ दशमलब २२,इस्टर्न हाइड्रोपावर सात दशमलब ६१, सनराइज ब्ल्यूचिप फण्ड पाँच दशमलब ८७,राष्ट्र उत्थान लघुवित्त तीन दशमलब ७८ र बलेफी हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ४८ प्रतिशतले बढेको छ । यस्तै एनएमबी बैंकको ऋणपत्र आठ दशमलब ८३, मकर जीतुमाया सुरी हाइड्रोपावर आठ दशमलब ३१, घलेम्दी हाइड्रोपावर पाँच दशमलब ८२, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलब ७५ र श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?