नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रमुख सचेतकमा न्यौपाने

लोकपथ
52
Shares

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रमुख सचेतकमा नन्दुप्रसाद न्यौपाने नियुक्त भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनलाई सो जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री पाण्डेले संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा १ बमोजिम उनलाई जिम्मेवारी दिएका हुन् । साथै आफ्नो जिम्मेवारीलाई इमान्दारीतापूर्कक निर्वाह गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?