नवनियुक्त मन्त्री आचार्यले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
35
Shares

काठमाडौं । नवनियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

केहीबेरअघि राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

सरकारको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम आचार्यलाई मन्त्री नियुक्त तथा कार्यभार तोकेको हुन् ।

त्यसो त यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेको महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्री आचार्य कांग्रेसका सांसद हुन् । यसअघि नै ८ जनालाई सरकारमा पठाइसकेको छ । यद्यपि मन्त्रिपरिषद्ले पूर्णता भने पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?